काठमाडौं । नयाँ उद्यम गर्नेलाई सरकारले ५० लाखसम्म अनुदान दिने भएको छ । सरकारले नवप्रवर्तन नयाँ प्रविधिको माध्यमबाट कम समय, लागत तथा स्रोतको उपयोग गरी उच्च गुणस्तरको आविष्कार तथा प्रणालीको विकास गर्ने उद्यमीलाई ५० लाख रुपैयाँसम्म अनुदान दिन लागेको हो ।
आर्थिक वर्ष २०७६\७७ को बजेटमा उल्लेख गरेको कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार पारेको छ । कार्यविधि अनुसार नवप्रर्वतनको काम गर्न चाहने व्यक्ति र व्यवसायीले कूल लागतको ५० प्रतिशतसम्म सरकारबाट अनुदान पाउने भएको छ । त्यस्तो अनुदान अधिकतम् ५० लाख रुपैयाँसम्म हुने कार्यविधिले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ फागुन २०७६, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उखु किसानलाई अनुदान निकासा, बिहीवारसम्म किसानको खातामा रकम जाने
दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान
गण्डकी प्राविधिक प्रतिष्ठानलाई सवा अर्ब अनुदान
उखु किसानद्वारा अनुदान माग
किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर
झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान