रजनीकान्तको पारिश्रमिक घट्यो

एजेन्सी

मंगलबार, ०६ फागुन २०७६, १४ : ५२
रजनीकान्तको पारिश्रमिक घट्यो

काठमाडौं । अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्म बक्स–अफिस कलेक्सनमा कमजोर भएपछि उनको नयाँ फिल्म निर्माण गर्ने सन पिक्चर्सले पारिश्रमिक घटाएको छ ।

तमिल फिल्म निर्माण गर्न लागेको सन पिक्चर्सले अभिनेता रजनीकान्तको पारिश्रमिक घटाएर आधामात्र दिने भएको छ । ‘दरबार’ लाई अभिनेता रजनीकान्त र फिल्ममेकर एआर मुरुगदासले संयुक्त रूपमा निर्माण गरेका थिए । दुई सय करोड भारुको बजेटमा निर्माण भएको फिल्मले ७० करोड घाटा बेहोर्नु परेको थियो । बक्स–अफिस कलेक्सनमा कमजोर भएपछि यस फिल्मका वितरकले भोक हड्ताल गर्ने घोषणा गरेका थिए । २५ वर्षपछि उनी प्रहरीको भूमिकामा यस फिल्मबाट कमब्याक गरेका थिए । फिल्ममा उनीसहित अभिनेत्री नयनतारा, सुनिल सेट्टी, प्रतिक बब्बर, निभिथा थोमस र योगी बाबु लगायत कलाकारले अभिनय गरेका थिए ।

स्रोतका अनुसार सन पिक्चर्सका कलानिथी मारनले हालै अभिनेता रजनीकान्तलाई भेटेका थिए। ‘गत साता उनीहरूबीच नयाँ फिल्मलाई लिएर भेटघाट भएको थियो । दरबार फिल्म असफल भएपछि मारनले रजनीकान्तलाई पारिश्रमिक कटौती गर्नेबारे जानकारी गराएका थिए । छलफलपछि अभिनेता रजनीकान्त आफ्नो पारिश्रमिक घटाएर आधामात्र लिन राजी भएका थिए,’ स्रोतले भनेको थियो । ‘दरबार’ फिल्ममा एक सय १८ करोड भारू पारिश्रमिक लिएका अभिनेता रजनीकान्तले सन पिक्चर्सले नयाँ फिल्ममा ५८ करोड भारू पाउने भएका छन् । हाल अभिनेता रजनीकान्त निर्देशक शिवाको तमिल फिल्ममा व्यस्त छन् । - शुक्रबार साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस