काठमाडौँ । गुण्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् ।
मादक पदार्थ सेवन गरेर प्रहरीसँग झगडा गरेको आरोपमा महराजगञ्ज प्रहरीले लामालाई सोमबार राति पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेर सवारी चलाएका लामालाई सांग्रीला होटल अगाडि प्रहरीले रोकेर जाँच गर्ने क्रममा उनले प्रहरीसँग झगडा गरेका थिए ।
सुरुमा प्रहरीलाई पक्राउ परेका व्यक्ति लामा भएको थाहा थिएन । पक्राउ परेपछि मात्र प्रहरीले उनी गुण्डा नाइके लामा रहेको थाहा पाएको थियो ।
अर्का गुण्डानाइके दावा लामाका सहयोगीका रुपमा चिनिएका लामा यसअघि पनि ठगी लगायत विभिन्न मुद्दामा पक्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०७६, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ