दुर्घटनाले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी संचालनमा

मंगलबार, ०६ फागुन २०७६, १० : ३८
दुर्घटनाले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी संचालनमा

मुग्लिन ।  सवारी दुर्घटनाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

आज बिहान साढे ४ बजे इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४०३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख ६९८० नम्बरको गिट्टी बोकेको टिपर एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परेका सवारी साधन सडकमै तेर्सिएपछि सडक अवरुद्ध भएको थियो । क्रेनको सहायताबाट सडकमा तेर्सिएका सवारी साधन हटाएपछि  सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा ट्रकका चालक सामान्य घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि काठमाडौँ लगिएको छ भने टिपर चालक प्रहरीको नियन्त्रणमा छन् । 

प्रतिक्रिया दिनुहोस