फिल्म ‘सेन्टी भाइरस’को नयाँ गीत ‘पार्टी जिताइदे’ सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, ०४ फागुन २०७६, १८ : ३५
फिल्म ‘सेन्टी भाइरस’को नयाँ गीत ‘पार्टी जिताइदे’ सार्वजनिक

काठमाडौँ । फिल्म ‘सेन्टी भाइरस’को नयाँ गीत ‘पार्टी जिताइदे’ सार्वजनिक गरिएको छ । फिल्म आगामी शुक्रबार (फागुन ९)बाट सार्वजनिक प्रदर्शनमा आउने छ । 

गीतमा फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायत थुप्रै कोरस पनि प्रयोग गरिएको छ । गीतमा फिल्मको केही महत्त्वपूर्ण दृश्य पनि समेटिएको छ ।

चितवनको भरपुरमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भित्र केही दिनअघि छायाँकन गरिएको यो गीत निर्माण युनिटले प्रमोसन गीतको रुपमा बनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस