चलचित्र ‘सेन्टी भाइरस’को विदेश राइट बिक्री

सफल खबर संवाददाता

मंगलबार, २१ माघ २०७६, १६ : ५२
चलचित्र ‘सेन्टी भाइरस’को विदेश राइट बिक्री

काठमाडौं । चलचित्र ‘सेन्टी भाइरस’को विदेश राइट बिक्री भएको छ ।
सिताराम कट्टले (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको सो फिल्मको विदेश राइट अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाख रुपैयाँमा किनेको हो । 

नेप्सिनेका प्रमुख विधान कार्की र फिल्म निर्माण कम्पनी सुविहानी फिल्मस्का सिताराम कट्टेल ९धुर्मुस०ले फिल्मको बिदेश राइटका लागि सम्झौता गरेका छन् ।

शिवरात्रीको अवसर पारेर फागुन ९ देखि सार्बजनिक प्रदर्शनमा आउने फिल्म कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । 

सितारामसँगै दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । 

रामबाबु गुरुङको निर्देशन रहेको फिल्म सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको छ ।

डिन्डू लामा ह्याल्मोनिर्माता रहेको फिल्मको सह निर्मातामा  फुर्पा ह्याल्मो रहेकी छन् ।

फिल्मको मुनाफाको ५० प्रतिशत रकम जनस्तरबाट निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने यस अगाडि निर्माण युनिटले घोषणा गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस