अभिनेत्री रिश्मा गुरुङको दोस्रो इनिङ सुरु

आइतबार, ०४ फागुन २०७६, ०८ : ३३
अभिनेत्री रिश्मा गुरुङको दोस्रो इनिङ सुरु

काठमाडौँ ।  रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी’ मा अभिनय गरेपछि चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छन् । 

शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । चलचित्रकर्मी कोही उपस्थित भएका थिएनन् ।

उनी पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी थिइन् । रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनको सानो भूमिका थियो ।

प्रतिक्रिया दिनुहोस