काठमाडौँ । चीनको बुहानमा रहेका १७५ नेपाली आइतबार बिहान स्वदेश फर्किएका छन् ।

कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका उनीहरुलाई उद्दार गर्न नेपाल एयरलाइन्सको जहाज शनिबार त्यहाँ पुगेको थियो ।
उनीहरुलाई चीनमा गरिने सबै स्वास्थ्य प्रक्रिया पूरा गरी स्वदेश ल्याइएको हो ।विमानस्थलमा आइपुग्दा उनीहरु खुसी देखिन्थे भने उपस्थितलाई खुसीको अभिवादन गरेका थिए ।
घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।चीनबाट ल्याइएका सबैलाई १४ दिनसम्म खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०७६, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?