दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

विहीबार, ०१ फागुन २०७६, १४ : ३९
दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

काठमाडौं– अभद्र व्यवहारको कसुर लागेका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनलाई रिहा गर्न आदेश दिएको हो । हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिइन् । 

मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।

निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले २ माघमा  बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

तर, प्रसाईं भने पक्राउ परेनन् । पक्राउ नै नपरी उनी साधारण तारेखमा रिहा भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस