बुधबार ९ बजे ज्ञवालीले आईजीको फूली लगाउने

सफल खबर संवाददाता

मंगलबार, २८ माघ २०७६, २२ : ०२
बुधबार ९ बजे ज्ञवालीले आईजीको फूली लगाउने

काठमाडौँ  । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले भोली बुधबार ९ बजे प्रहरी महानिरीक्षकको फूली लगाउने भएका छन् । 
उनले गृह मन्त्रालयमा गएर गृहमन्त्रीबाट फुली लगाउने कार्यक्रम तय भएको गृह मन्त्रालयले जनाएको छ । 

त्यसपछि उनी कार्यभार सम्हाल्न प्रहरी प्रधान कार्यालयमा जानेछन् । विहान उनको स्वागतका लागि आवश्यक तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्वागतको सम्पूर्ण तयारी पुरा भएको बताए । प्रहरी प्रधान कार्यालयले वर्तमान प्रहरी महानिरीक्षक खनालको भने आजै विदाई गरिसकेको छ ।

 ज्ञवालीले संक्षिप्त प्रतिक्रिा दिँदै कार्यभार सम्हालेपछि आवश्यक कार्ययोजना बनाएर शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठनलाई सक्रिय बनाउने बताए । आज मात्रै मन्तिपरिषद बैठकले उनलाई आईजमिा नियुक्ती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस