काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले भोली बुधबार ९ बजे प्रहरी महानिरीक्षकको फूली लगाउने भएका छन् ।
उनले गृह मन्त्रालयमा गएर गृहमन्त्रीबाट फुली लगाउने कार्यक्रम तय भएको गृह मन्त्रालयले जनाएको छ ।
त्यसपछि उनी कार्यभार सम्हाल्न प्रहरी प्रधान कार्यालयमा जानेछन् । विहान उनको स्वागतका लागि आवश्यक तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्वागतको सम्पूर्ण तयारी पुरा भएको बताए । प्रहरी प्रधान कार्यालयले वर्तमान प्रहरी महानिरीक्षक खनालको भने आजै विदाई गरिसकेको छ ।
ज्ञवालीले संक्षिप्त प्रतिक्रिा दिँदै कार्यभार सम्हालेपछि आवश्यक कार्ययोजना बनाएर शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठनलाई सक्रिय बनाउने बताए । आज मात्रै मन्तिपरिषद बैठकले उनलाई आईजमिा नियुक्ती गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ माघ २०७६, २२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको छलफल
निर्वाचन सुरक्षा प्रभावकारी रूपमा सम्पन्न भएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षकले दिए कर्मचारीलाई धन्यवाद
निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्: महानिरीक्षक अर्याल
भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
कानुनअनुसार नै हतियार खरिद गरिने प्रहरी महानिरीक्षकहरूको स्पष्टीकरण