त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगलागीबारे छानबिन समिति गठन

रासस

मंगलबार, २८ माघ २०७६, २१ : ००
त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थलको आगलागीबारे छानबिन समिति गठन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ ।

पर्यटन मन्त्रालय (सचिवस्तर) को आजको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुलप्रसाद सिंखडा र उपनिर्देशक विक्रम गौतम रहनुभएको छ ।

समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाइ सात दिनभित्र मन्त्रालय समक्ष सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । “उक्त आगलागी सम्बन्धमा सम्भाव्य कारण पत्ता लगाइ भविष्यमा विमानस्थलको सञ्चालनमा असर पुग्न नदिने उद्देश्यले के कस्तो सुरक्षा सतर्कता अपनानुपर्ने हो सोको सम्बन्धमा अनुसन्धान एवं जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहो¥याउन नदिन घटनाको सत्यतथ्य बुझी सात दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने समतिलाई जिम्मेवारी दिइएको छ”, विज्ञप्तिमा भनिएको छ ।

विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको स्टेराइल क्षेत्र (प्रस्थान कक्ष) सञ्चालित कफी सपमा गएराति ८ः१५ बजे आगलागी भएको थियो ।    आगलागीका कारण अन्तरराष्ट्रिय उडान÷अवतरण सेवा अवरुद्ध भई यात्रु वर्गमा पर्न गएको असुविधाका लागि मन्त्रालयले दुःख व्यक्त गरेको छ ।

विमानस्थलस्थित उद्धार तथा अग्नि निवारण सेवाका वारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै विमानस्थलका कर्मचारीको सहयोगमा आगाली नियन्त्रणमा ल्याई एक घण्टा १० मिनेट अवरुद्ध भएको उडान सेवा बेलुकी ९ः२५ बजेबाट सञ्चालन भएको थियो । आवश्यक परे अन्य विज्ञको सेवा सहयोग लिन सक्ने र आवश्यक कर्मचारी तथा सचिवालय मन्त्रालयले तोक्ने सक्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस