महान् फुटबलर पेले किन निस्कदैनन् घर बाहिर ?

सफल खबर संवाददाता

मंगलबार, २८ माघ २०७६, १५ : ५०
महान् फुटबलर पेले किन निस्कदैनन् घर बाहिर ?

काठमाडौँ । ब्राजिलका महान् फुटबलर पेले खासै घरबाहिर निस्कन चाहँदैनन् । उनलाई घर बाहिर निस्कन लाज लाग्ने भएका कारण उनी खासै घर बाहिर निस्कन नचाहेका हुने । पेले कसैको सहाराबिना हिँड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने परिवारको भनाइ छ । 

तीन पटक विश्व कप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । उनलाई स्वास्थ्य ठीक छैन । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल नै भर्ना गरिएको थियो । 

७९ वर्षका पेललाई पछिल्लो समय कम्मरमा समस्या देखिएको छ ।  उनलाई हिँड्नलाई फ्रेम चाहिने भएका हुँदा खासै उनी घर बाहिर निस्कन मन पराउँदैनन् । उनलाई पछिल्लो पटक सार्वजनिक स्थानमा ह्विलचेयरमा देखिएको छ । हिँड्नै परे उनी ह्विलचियरमा हिँड्ने गरेका छन् । 

बुबालाई बाहिर हिँड्न असाध्यै अप्ठेरो लाग्छ, एकान्त मनपर्छ,’ उनका छोरा इडिन्होले टिभी ग्लोबललाई भनेका थिए । 

‘उनलाई लाज लाग्छ, उनलाई घरबाट बाहिर निस्कनै मन लाग्दैन, कसैले देखोस् भन्ने चाहँदैनन् र घरबाहिर हुने काममा सरिक हुनै चाहँदैनन्,’ उनका छोराले जानकारी दिए ।

पेलेले आफ्नो २१ वर्षको करियरमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८ गोल हानेर विश्व रेकर्ड राखेका छन् । ब्राजिलका लागि ९१  खेलमा उनले ७७ गोल हानेका छन् ।

प्रतिक्रिया दिनुहोस