को बन्ला पाँच महिने आईजी ? ज्ञवालीको सम्भावना बढी

मंगलबार, २८ माघ २०७६, १२ : ५८
को बन्ला पाँच महिने आईजी ? ज्ञवालीको सम्भावना बढी

काठमाडौं । नेपाल प्रहरीमा नयाँ आईजी अर्थात २७ औ प्रहरी महानिरीक्षक को बन्ला, यतीबेला चर्चाको विषय बनेको छ । 

अहिले बन्ने प्रहरी महानिरीक्षक जम्मा पाँच महिनाका लागि मात्र हुने छन् । किन भने उनीहरुको अनिवार्य अवकारको म्याद जम्मा पाँच महिना मात्रै बाँकी छ । 

आज अबकास हुन लाग्नुभएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने २२ महिना कार्यकाल चलाए । सिधै डिआईजीबाट यसपाली एआईजी छनोट हुने छन् । सम्भवत आज साँझको मन्त्रिपरिषद बैठकले महानिरीक्षकको टुंगो लगाउने श्रोतको भनाइ छ । 
आजराती देखि प्रहरी महानिरीक्षक खनाल सहित उनका व्याजी तीनैजना एआईजी पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले अनिवार्य अवकास पाउँदैछन् । यस्तै १८ जना डिआईजीले पनि आजै अवकास पाउँदै छन् ।

प्रहरी महानिरीक्षकको सम्भावित उम्मेदवारका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा रहेको छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् । 

डीआईजी ज्ञवाली र लम्साल २०४६ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए । अहिलेका महानिरीक्षक खनाल प्रहरी निरीक्षकमा नियुक्ती हुँदा उनीहरु वैकल्पिकमा परेका थिए । त्यसकारण पाँच महिना ढिला भएको थियो । 
उक्त समुहमा रहेका सूर्यप्रसाद उपाध्याय भने डीआईजी बढुवामा ढिलाई हुँदा उनको नामको चर्चा कम छ । यद्यपि उनीपनि दावेदार हुन् । 
 

प्रतिक्रिया दिनुहोस