अमेरिका । ह्वाइट हाउसबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लोरिडा निवासी २५ वर्षीय रोजर हेजपेथ रहेका छन् ।
वासिङ्टन डिसी मेट्रोपोलिटन प्रहरीका अनुसार ती व्यक्ति ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अधिकारीसमक्ष ‘म यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै पुगेका थिए ।
प्रहरीका अनुसार ती व्यक्तिको साथबाट एउटा चक्कु पनि बरामद गरिएको छ ।
पक्राउ गर्ने गुप्तचर विभागका अधिकारीले ती व्यक्तिको मानसिक अवस्था ठीक नभएको जानकारी प्रहरीलाई दिएका छन् ।
उनलाई अहिले मानसिक अस्पताल लगिएको र त्यहाँ उनको मानसिक स्वास्थ्य अवस्थाको परीक्षण गरिनेछ । त्यसपछि उनीमाथि थप कारवाही प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ माघ २०७६, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ