काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । आज सोमबार बिहान जारी गरेको पूर्वानुमानमा महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको हो ।
महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार अहिले देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहने उल्लेख गरिएको छ ।
सोमबार दिउँसो भने देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिको मौसमबारे महाशाखाले पश्चिमी क्षेत्रमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ माघ २०७६, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
आज देशभरको मौसम कस्तो रहला ?
आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षा, हावाहुरीको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?