फागुनबाट नारायणीमा मिनी पानीजहाज सञ्चालन, १० दिनपछि अनलाइनबाट टिकट बुकिङ गर्न सकिने

सफल खबर संवाददाता

आइतबार, २६ माघ २०७६, १० : २७
फागुनबाट नारायणीमा मिनी पानीजहाज सञ्चालन, १० दिनपछि अनलाइनबाट टिकट बुकिङ गर्न सकिने

चितवन । अब नेपालमा पानीजहाजको सपना साकार हुने भएको छ । नारायणी नदीमा आउँदो फागुन महिनादेखि मिनी पानीजहाज सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए ।  

क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको बताए। मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने उनको भनाइ थियो । 

उनका अनुसार १० दिनभित्र अनलाइन बुकिङ आह्वान गर्न सकिनेछ । भुइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए । दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । 

क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन तीन घण्टाको यात्रा गराइनेछ । यात्राका क्रममा काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस