नेपालले अमेरिकालाई हरायो

सफल खबर संवाददाता

शनिबार, २५ माघ २०७६, १७ : ०९
नेपालले अमेरिकालाई हरायो

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो जित हासिल गरेको छ । त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकामाथि जित हासिल गरेको हो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १९१ रनको लक्ष्य पाएको अमेरिकाले ४४ ओभर एक बलमा १५५ रनमात्र बनाउन सक्यो ।

अमेरिकाको सुरुवाती ब्याटिङ लाइनलाई नेपाली बलरले क्रिजमा टिक्न दिएनन् । १३ रन बनाएको अवस्थामै अमेरिकाका चार ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए ।
६५ रनको स्कोरमा ७ विकेट गुमाइसकेको अवस्थामा इयान होलान्ड र क्यामरुन स्टेभसनले अमेरिकाका लागि गतिलो साझेदारी गरेका थिए । उनीहरुले आठौँ विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए ।

होलान्डले अमेरिकाका लागि सर्वाधिक ७५ रन बनाए । त्यस अतिक्ति क्यामरुन स्टेभेन्सनले १९ र करिमा गोरले १० रन बनाए ।

नेपालका लागि करण केसीले चार, सुशान भारीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई र कुशल मल्लले एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा चार बल बाँकी छँदै सवै विकेट गुमाएर १९० रन बनाएको थियो ।

नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । भण्डारीले ५९ र मल्लले ५० रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस