भरतपुर । चितवनको रामपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई रोयल पेन्ट्सले ५ लाख रुपैयाँ सहयोग गरेको छ । जनस्तरबाट निर्माण भईरहेको रंगशालामा सहयोग दाताहरु बढ्दै गईरहेका छन् ।
चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोगमध्ये रोयल पेन्ट्सकोतर्फबाट रु ५ लाख सहयोग गरिएको रोयल पेन्ट्सका प्रबन्ध निर्देशक परमेश्वर भण्डरीले बताउनुभयो ।
रंगशाला निर्माण सहयोगार्थ भइरहेको महायज्ञमा चितवनमै पेन्ट्स उत्पादन गर्दै आईरहेको कम्पनीले रंगशाला निर्माण गर्न सो रकम सहयोग गरेको भण्डारीले जानकारी दिनुभयो ।
भण्डारी चितवन उद्योग संघको कार्य समिति सदस्य र विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । बुधबार मात्रै एक करोड आर्थिक संकलन भएको थियो ।
रंगशालामा निर्माणका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले २६ गतेसम्म धनधान्याचल महोत्सवको आयोजना गरिएको छ । करिब ३ अरबको लागतमा ३० हजार दर्शक अट्ने क्षमताको रंगशाला २ वर्ष भित्र बनाईसक्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ माघ २०७६, ११ : ०७
लेखकबाट थप