भ्यालेन्टाइन डेमा प्रेमिकालाई भुलेर पनि दिन नहुने १० उपहार, के-के हुन हेर्नुस् ।

बुधबार, ०२ फागुन २०७४, ११ : ५५
भ्यालेन्टाइन डेमा प्रेमिकालाई भुलेर पनि दिन नहुने १० उपहार, के-के हुन हेर्नुस् ।


भ्यालेन्टाइन डेमा तपाईं प्रेमिकालाई केही खास उपहार दिँदै हुनुहुन्छ भने ख्याल गर्नुस्, भुलेर पनि तपाईको  साथीले ईच्छाएको भन्दा फरक प्रकारको  उपहार नदिनुहोला । जसले तपाईंको प्रेम सम्बन्ध गाढा होइन्, झनै संकटमा आइपर्न सक्छ ।
बजारमा विभिन्न कम्पनीका स्टाइलिङ प्रोडक्ट्सहरु पाइन्छ । यदि तपाईंलाई त्यो सामानको बारे सही जानकारी छैन भने प्रेमिकालाई दिँदा रिस्क हुन सक्छ ।
स्टाइलिस्ट कपडा
स्टाइलिङ औजारहरु जस्तै तपाईंलाई थाहा नभएका कम्पनीका कपडा पनि उपहार नदिनुस्, ब्राण्ड र क्यालिटीमा ख्याल गर्ने प्रेमिकाले त्यसमा आपत्ति पनि जनाउन सक्छिन् ।
धार्मिक चीज तथा लफिङ बुद्ध
धार्मिक चीज या लफिङ बुद्ध जस्ता सामान नदिनुस्, कमसेकम भ्यालेन्टाइन डेको दिनमा त झन दिँदै नदिनुस् ।
भिडियो गेम
भिडियो गेम उपहार आफ्नो साथीको लागि त ठीकै होला । तर, प्रेमिकालाई यसले दिक्क मात्रै बनाउँछ ।
साइज थाहा नभए कपडा नदिनुस्
यदि तपाईंलाई आफ्नी प्रेमिकाको शरीरको साइज थाहा छैन भने कपडा दिनबाट बच्नुहोस् । त्यो उपहार भन्दा पनि झगडाको बिउ बन्न पनि सक्छ ।
नरम खेलौना
नरम खेलौना आज भन्दा एक दशक पुरानो चलन हो । त्यसैले तपाईं केही नयाँ उपहार सोच्नुहोस् ।
त्यसो भए के उपहार दिने भनेर पनि अलमलमा परिरहनुभएको होला । हुन पनि प्रेमिकाको रुची र आफ्नो गोजी दुवैलाई सुहाउने हुनपर्यो उपहार पनि । तपाईंहरुलाई सजिलो होस् भनेर उपहारका लागि केही सुझावहरु प्रस्तुत गरिएको छः
फूलः
यो सबैभन्दा सरल र सुरक्षित उपहार हो । केटीहरुलाई फूल जहिले पनि मनपर्छ । यसमा तपाईं कहिले फेल खान सक्नुहुन्न । मात्र फूल ताजा होस् भन्नेमा त्या दिनुहोस् । गुलाफ मात्र होइन लिली र अर्किडको फूल पनि भ्यालेन्टाइन्स डेमा उपहार बन्न सक्छ । यसलाई अलि रोचक बनाउन फूलभित्र रोमान्टिक सन्देश लुकाएर दिनुहोस् ।
चक्लेटः
हुनतः आजभोली केटीहरु तौल बढ्ने भन्दै चकलेटबाट वर्षभरी टाढै बस्न खोजिरहेका हुन्छन् । तर, भ्यालेन्टाइन्स डेजस्तो अवसरमा चक्लेट दिँदा वर्षभर थामेको मनलाई खुसी बनाउन सक्नुहुन्छ । रमाइलो कुरा भनेको त्यसको केही भाग तपाईंले पाउनुहुनेछ ।
सुगन्धित क्यान्डलः
धेरैलाई यो सुझाव मन नपर्नसक्छ । तर, सुगन्धित क्यान्डलहरुको केटीहरुमा छुट्टै असर हुन्छ, त्यसको सुगन्धले उनीहरुको मुड नै बदलिदिन्छ । अझ डेटमा जाँदा सगुन्धित क्याडल बाल्नुभयो भने त्यसले त्यहाँको वातावरण नै रोमान्टिक बनाइदिन्छ ।
स्पाको भौचर
केटीहरुलाई राम्री देखिन मनपर्छ । त्यही भएर स्पा वा पार्लरकौ भौचर दिनुभयो भने उनी पक्कै खुसी हुन्छन् । उनीहरुलाई पनि कहिलेकाहीँ स्पा गएर आनन्दित हुन मनपर्छ । अझ दुवैको लागि स्पाको भौचर किन्न सक्नुभयो भने त झन् मज्जा ।
छोटो यात्राः
काममा व्यस्त हुने जोडीका लागि भ्यालेन्टाइन्स डे आफ्नो प्रेमिकासँग केही समय बिताउने उपयुक्त समय हुनसक्छ । कामको व्यस्तताले लामो समयसम्म प्रेमिकासँग समय बिताउन नपाएकाहरुले शहरबाट नजिकै यात्रा गर्न सक्छन् ।
भित्री वस्त्र
फ्यान्सी लिन्जरे भित्री वस्त्र किनेर आफ्नो प्रमिकालाई सेक्सी अनुभव पनि गराउन सक्नुहुन्छ । तर, यो अलि महंगो हुनसक्छ ।
कस्मेटिक
केटीहरुलाई आफूसँग जति भए पनि नपुग्ने भनेको कस्मेटिक नै हो । कुनै राम्रो ब्राण्डको कस्मेटिक पनि भ्यालेन्टाइन्स डेमा राम्रो उपहार हुन सक्छ ।
खेलौना
टेड्डी बियर, बार्बी आदि खेलौनासँग केटीहरु जति उमेर भए पनि खेल्न रुचाउँछन् । खेलौना दिनुहोस्, तपार्ईंलाई उसले जीवनभर माया गर्नेछ ।
पफ्र्युम
यो चाहीँ अलि अप्ठ्यारो छ कि भने आफ्नो प्रमिकालाई कुन सुगन्ध मनपर्छ भन्ने यकिन गर्न गाह्रो हुन्छ । त्यही भएर उनले पहिले प्रयोग गर्ने पफ्र्युम पत्ता लगाउनुहोस् ।
जुत्ता
केटीहरु कहिले पनि जुत्ताबाट वाक्क बन्न सक्दैनन् । उनको रुचीको बारेमा थाहा पाउनुहोस् र जुत्ता उपहार दिनुहोस् ।
लुगाः
सबै केटीहरुलाई स्टाइलिस देखिन मनपर्छ । त्यही भएर लुगा पनि भ्यालेन्टाइन्स डेमा फेल नखाने अर्को उपहार हो । अथवा तपाईं छान्न अप्ठ्यारो भयो भने उनलाई मनपर्ने पसलबाट सपिङ भौचर दिनुभयो भने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस