काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक सदस्यको नामावलीमा प्राविधिक त्रृटि सच्याउन दलहरुलाई दिएको समयसीमा साँझ ५ बजे सकिँएपछि अन्तिम नामावली आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।
दलहरुले पठाएको नामावली जाँच गरी परिणाम सार्वजनिक गर्ने आयोग प्रवक्ता नवराज ढकालले बताए। ढकालका अनुसार दलहरुले सच्याएर पठाएको नामावली ठीक भएमा रुजु गरी सिफारिस सदस्यलाई विजयी घोषित गरिनेछ।
दलहरुले सोमबारसम्म अयोगलाई समानुपातिक उम्मेदवार निर्वाचित गर्न नामावली सिफारिस गरेका थिए।
आयोगले समानुपातिक बन्दसूचीको समावेशी समुहको प्राथमिकता क्रम लगायतका आधारमा उम्मेदवार छनोट गर्न भन्दै दलहरुलाई पत्र काटेको थियो।
प्रतिक्रिया दिनुहोस