काठमाडौं। विगत केही दिनदेखि तराई क्षेत्रका विभिन्न स्थानमा हुस्सु तथा कुहिरो लागिरहेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि पुस १० गतेसम्म तराई क्षेत्रमा हुस्सु, कुहिरो तथा शीतलहरको सम्भावना रहेको भन्दै चेतावनी तथा परामर्श जारी गरेको छ।
विभागका अनुसार यस अवधिमा दैनिक जनजीवन, जनस्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रमा प्रतिकूल प्रभाव पर्न सक्ने देखिएको छ। विशेषगरी चिसोका कारण बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित हुन सक्ने जनाइएको छ।
यही परिप्रेक्ष्यमा सम्बन्धित प्राधिकरणले शीतलहरसँग सम्बन्धित पूर्वकार्य तथा प्रतिकार्यका लागि आवश्यक तयारी गर्न सबै सरोकारवाला निकाय तथा आम नागरिकलाई अनुरोध गरेको छ। चिसोबाट बच्न न्यानो कपडा प्रयोग गर्न, आगो ताप्दा सावधानी अपनाउन, यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन तथा स्वास्थ्यमा समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, २२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
नेपालमा प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आज देशभरको मौसम ?