वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको उपचारका लागि चित्र प्रदर्शनी

सफल खबर संवाददाता

बुधबार, २२ माघ २०७६, १७ : ३५
वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको उपचारका लागि चित्र प्रदर्शनी

चितवन । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको स्वास्थ्य उपचारका लागि चित्र प्रदर्शनी गरिएको छ । गैंडाकोट र चितवनका विभिन्न संघ संस्थाको आयोजनामा मौलाकालिका मन्दिर फेदीको मन्दिर समितिको कार्यालयमा चित्रहरु प्रर्दशनमा राखिएको र त्यसको विक्रीबाट आएको रकमले विनोदीको उपचारमा खर्च गरिने बताइएको छ । 

प्रदर्शनीमा ९ जना कलाकारको ६६ वटा चित्र प्रदर्शनी गरेको चित्रकार भिम शर्मा सुबेदीले बताउनु भयो । प्रदर्शनिमा २ हजार ५ सय देखि ६० हजार मूल्य सम्मको चित्र विक्रीका लागि राखिएको थियो ।

चित्र विक्रीबाट आएको रकमको २५ प्रतिशत कलाकारलाई प्रदान गर्ने र बाँकी विनोदीको उपचारमा खर्च गरिने आयोजकले बताएका छन् । प्रदर्शनीमा भिम शर्मा सुबेदी, प्रकाश थापा, वरुणबाबु घिमिरे, सुशिल गुरुङ्ग, सुलव पौडेल लगायत अन्य कलाकारहरुको चित्र प्रर्दशनीमा राखिएको थियो । 

कार्यक्रमको उद्घाटन समाहरोहमा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल प्रमुख अतिथिका रुपमा रहनुभएको थियो ।

सो अवसरमा बोल्दै पौडेलले नेपालि साहित्य क्षेत्रमा विनोदीको योगदान अहम रहेको बताउँदै उहाँले पत्रकारीता लगायत अन्य विद्याबाट समाजलाई पु¥याएको योगदानको चर्चा गर्नु भयो । साथै उहाँले गैडाकोट नगरपालिकाका तर्फबाट आफूले ५० हजार मूल्यको चित्र खरिद गर्ने घोषणा गर्नु भयो ।

त्यस्तै गैंडाकोटका सामुदायिक वनहरुले पनि १ लाख ४० हजार बरावरको चित्र खरिद गर्ने बताएका छन् ।

कार्यक्रममा सहभागि अन्य जनप्रतिनिधि र सहभागिहरुले पनि व्यत्तिगत रुपमा चित्र खरिद गरेको कार्यक्रममा अध्यक्षता गर्नु भएका धार्मिक सेवा समिति मैलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनु भयो । वरिष्ठ साहित्यकार विनोदी लामो समयदेखी विरामी रहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस