‘विश्व घटना’का जन्मदाता पत्रकार दुर्गानाथ शर्माको निधन

सफल खबर संवाददाता

बुधबार, २२ माघ २०७६, १३ : २५
‘विश्व घटना’का जन्मदाता पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडौँ । नेपाल टेलिभिजनको अत्यन्तै लोकप्रिय  विश्व घटनाका जन्मदाता तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। मनमोहन अस्पतालमा उपचार क्रममा उनको आज बिहान निधन भएको परिवारले जनाएका छन् । 

पछिल्लो समय उनको मृगौलामा समस्या देखिएको थियो भने पिसाबसम्बन्धी पनि समस्या रहेको थियो । 

उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो। इन्फेक्सनको समस्या भएपछि उनलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

नेपाल टेलिभिजनको महाप्रवन्धकसमेत रहेर काम गरिसकेका शर्माले नेपाल टेलिभिजनमा विश्व घटना कार्यक्रम प्रशारणलगायत विभिन्न रेडियो तथा अखबारहरुमा काम गरेका थिए । 
इलाम जिल्लाको फिक्कलमा जन्मेका शर्माको दुई छोरा र एक श्रीमती छन् । 

प्रतिक्रिया दिनुहोस