दुई वर्षमा फेरिए ५ प्रमुख सचिव

पत्रपत्रिकाबाट

बुधबार, २२ माघ २०७६, ०८ : २७
दुई वर्षमा फेरिए ५ प्रमुख सचिव

file photo

काठमाडौं । प्रदेश सरकार गठन भएको दुई वर्षको अवधिमा प्रदेश १ ले पाँचौं प्रमुख सचिव पाएको छ । प्रदेशको कर्मचारी प्रशासनमा केन्द्र सरकारको प्रत्यक्ष हस्तक्षेपको उदाहरण हो, छिटो–छिटो प्रमुख सचिवको फेरबदल । 

कर्मचारी प्रशासनको नेतृत्वकर्ता प्रमुख सचिवको छोटो अवधिमै हुने सरुवाले बामे सर्दै गरेको प्रदेशको संरचनालाई थप धक्का पुर्‍याउने गरेको छ । कर्मचारीतर्फका प्रमुख व्यक्तिकै छिटो–छिटो हुने सरुवाले लक्षित कामहरू प्रभावित हुने गरेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बताउँछन् ।

त्यहाँका प्रमुख सचिव सुरेश अधिकारी १० महिनाको विराटनगर बसाइपछि अब काठमाडौं फिर्दै छन् । त्यहाँ हालसम्म खटाइएका प्रमुख सचिवहरूमध्ये अधिकारी लामो समय बस्न पाएका हुन् । यसअघि त्यहाँ तीनदेखि आठ महिनाको अवधिमा प्रमुख सचिव फेरिएका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस