दुई सातामा ७ लाख मास्क निर्यात

पत्रपत्रिकाबाट

बुधबार, २२ माघ २०७६, ०८ : ०८
दुई सातामा  ७ लाख मास्क निर्यात

सांकेतिक तस्बिर ।

काठमाडौं। दुई सातामा ७ लाख ५९ हजार मास्क निर्यात भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार ती मास्क माघ ५ देखि २० गतेसम्म चीन र हङकङतर्फ निर्यात गरिएको हो ।

व्यवसायीहरू भने नेपाली बजारबाट ५० लाख बराबरका साधारण र १ लाख बराबरका ‘एन–९५’ मास्क बिक्री भइसकेका बताउँछन् ।

जुन मास्क चिनियाँ नागरिकले देश लैजान बाँकी रहेको, नेपालमा पनि प्रयोग बढेको र व्यापारीले कालोबजारी गर्न मौज्दामा राखेको हुन सक्ने अनुमान गरिएको छ । सरकारी तथ्यांकअनुसार व्यवसायीले भनेको संख्यामा ४४ लाखको अन्तर देखिन्छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस