सरकारले विदेशबाट फर्किने कामदारको पनि तथ्यांक राख्न थाले

पत्रपत्रिकाबाट

मंगलबार, २१ माघ २०७६, ०८ : ०९
सरकारले विदेशबाट फर्किने कामदारको पनि तथ्यांक राख्न थाले

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्याङ्क राख्न थालेको छ । 
अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्याङ्क राख्न थालिएको हो । 

अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्याङ्क भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो । 

अब भने श्रमस्वीकृति लिएका सबै गए वा नगएको र विदेशबाट फर्किनेको तथ्याङ्क पनि पाइने भएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस