काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत माघ १६ गते गठित ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ मा पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गरेका छन् ।
आइतबार देउवाले तदर्थ समिति २ जना उपसभापति र ५ जना महामन्त्री थप गरेका हुन् ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेलले उपसभापतिको जिम्मेदवारी पाएका छन् ।
यस्तै तनहुँका दिपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमल्सीना र स्याङ्जाका युवराज पाण्डेले महामन्त्रीको जिम्मेवारी पाएका थिए ।
तदर्थ समितिको अध्यक्षको जिम्मेवारी देउवाले यसअघि नै सुनसरीका राजीव ढुंगानालाई दिएका थिए । सोही बेला देउवाले काठमाडौँका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई महामन्त्री बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेविसंघद्वारा सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा धर्ना, महाधिवेशन र संगठन सुदृढीकरणको माग
नेविसंघले भन्यो : ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’
अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा : नेविसंघ
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी