काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत माघ १६ गते गठित ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ मा पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गरेका छन् ।
आइतबार देउवाले तदर्थ समिति २ जना उपसभापति र ५ जना महामन्त्री थप गरेका हुन् ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेलले उपसभापतिको जिम्मेदवारी पाएका छन् ।
यस्तै तनहुँका दिपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमल्सीना र स्याङ्जाका युवराज पाण्डेले महामन्त्रीको जिम्मेवारी पाएका थिए ।
तदर्थ समितिको अध्यक्षको जिम्मेवारी देउवाले यसअघि नै सुनसरीका राजीव ढुंगानालाई दिएका थिए । सोही बेला देउवाले काठमाडौँका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई महामन्त्री बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति
योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्न नेविसंघको माग
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी