काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा नेकपाका सांसदहरुलाई रात्रिभोजको लागि ह्विप लगाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले आफ्ना पार्टीका सांसदलाई आइतबार राति सरकारीनिवास बालुवाटारमा रात्रिभोजको लागि अनिवार्य उपस्थिति हुनको लागि निम्ता गरेको छ ।
रात्रिभोजमा सहभागी हुन नेकपामा सबै सांसदहरूलाई मोबाइलमा म्यासेज आएको थियो ।
म्यासेजमा लेखिएको छ, २०७६-१०-१९ गते साँझ ६ बजे पिएम निवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप। सिपिएन।
प्रधानमन्त्री मन्त्रीले ह्विप नै जारी गरी सांसदहरूलाई किन रात्रिभोजमा बोलाएका हुन् भन्ने खुलेको छैन।
केही सांसदहरूले संसदबाट अनुमोदन गर्नुपर्ने अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न रात्रिभोज आयोजना गरेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली मेड्रिटमा