चितवन विशेष

माघ महिनामा २६ वटा सवारी दुर्घटना, १३ जनाको मृत्यु, २६ जना घाइते

मंगलबार, ०१ फागुन २०७४, १७ : ०२
माघ महिनामा २६ वटा सवारी दुर्घटना, १३ जनाको मृत्यु, २६ जना घाइते

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार, गत माघ महिनामा २६ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार, माघ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार चार सय ५० जनालाई कारबाही गरी कार्यालयले २५ लाख ५१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कारबाहीमा पर्नेमध्ये ८५ जना मदिरा पिएर सवारी चलाउनेहरु छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म २२ हजार सवारी साधनका चालक ट्राफिक कारबाहीमा परेका छन् । उनीहरुबाट एक करोड ६३ लाख २९ हजार पाँच सय रुपैयाँ जरिबाना असुल भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको जानकारी अनुसार, गत आर्थिक वर्षको माघ महिनासम्म एक सय ३४  वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा एक सय चार जनाको मृत्यु भएको थियो भने तीन सय ६४ जना घाइते भएका थिए । चालु आर्थिक वर्षको माघ महिनासम्म एक सय ४१ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ७४ जनाले ज्यान गुमाउनु परेको छ भने दुई सय ५६ जना घाइते भएका छन् ।
गत आर्थिक वर्षको माघ मसान्तसम्म २४ हजार चार सय सवारी सधानका चालक कारबाहीमा परेका र उनीहरुबाट एक करोड ८८ लाख ८१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा संकलित राजश्वमध्ये नौ लाख ८० हजार रुपैयाँ मदिरा पिएर सवारी चलाउनेहरुबाट असुल भएको छ ।

प्रतिक्रिया दिनुहोस