रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टर फाइनलमा

एजेन्सी

विहीबार, १६ माघ २०७६, ०९ : ३५
रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टर फाइनलमा

(एजेन्सी) । रियल म्याड्रिडले रियल जारागोजालाई पाखा लगाउदैं  स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । 

बुधबार राति भएको खेलमा रियल म्याड्रिडले रियल जारागोजालाई उसैको मैदानमा ४–० गोलले हरायो । एकपक्षीय खेलमा रियलले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गर्न सफल भयो । राफेल भरानेले छैटौं मिनेटमा गोलगर्दै रियललाई अग्रता दिलाए ।

उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । लुकास भाजक्वीजले ३२ औं मिनेटमा दोस्रो गोल गरे भने ७२औं मिनेटमा भिनिसियस जुनियरले अर्को गोल गर्दै रियललाई जितको नजिक पुर्याए । ८०औं मिनेटमा करिम बेन्जेमाले अर्को गोल गर्दै रियललाई सजिलै जिताएका थिए । करिमले ड्यानी कार्भाजलको पासमा गोल गरेका थिए ।

अन्य खेलमा रियल सोसिएडाडले ओसासुनालाई ३–१, ग्रानाडाले सिडी बाडाजोजलाई ३–२, भिल्लारियलले रायोभालेकानोलाई २–० र भ्यालेन्सियाले लियोनेसालाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस