काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा केही झापाली तथा केही पूर्वएमालेका कार्यकर्ताले वामपन्थी मानेर आफ्ना निकटका मानेका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीलाई नेपाल राष्ट्र बैंकको गर्भनर बनाउन खेलेको खेल असफल भएको छ ।
राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठलाई आर्थिक अनियमिततामा फसाएर शिवाकोटीलाई गर्भनर बनाउने खेलमा लागेका उनीहरु पछिल्लो पटक श्रेष्ठले सफाई पाएर पुनः कार्यभार सम्हालेपछि उनीहरु पछि हटेका हुन् । करिब डेढ महिनाको अन्तरालमा डेपुटी गभर्नर शिवराज श्रेष्ठ राष्ट्र बैंकमा फर्किएपछि आगामी गभर्नरको दौडमा अहिले नयाँ परिदृश्य देखा परेपछि शिवाकोटीलाई बोकेर हिँड्नेहरु समेत पछि हट्न बाध्य भएका छन् ।
प्रधानमन्त्री ओलीको आडमा श्रेष्ठमाथि सम्पत्ती शुद्धिकरणलगायतका ‘झूठा’ अभियोग लगाएर श्रेष्ठलाई निलम्बनमा राखी नयाँ गभर्नर बनाउन खोजिएको थियो । तर हाल गभर्नर रहेका चिरञ्जीवी नेपाल आगामी चैतदेखि उमेर हदका कारण विदा हुने अवस्थामा छन् । त्यही मौका छोप्दै श्रेष्ठलाई विभिन्न अभियोग लगाएर फसाउने र एक्लै दौडने सोचमा रहेका शिवाकोटीलाई श्रेष्ठको आगमन अहिले तिनिहहरुको लागि सबैभन्दा नराम्रो र नमिठो त भएको छ नै त्यो भन्दा बढी प्रधानमन्त्रीको आडमा खेलिएको खेलमा असफल भएका हुदा उनीहरुलाई खिन्नता बोध पनि भएको छ ।
श्रेष्ठ विरुद्ध तयार पारिएका अपराधका पुलिन्दा समेत नकाम सिद्ध भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा देश बाहिर रहेको बेला इश्वर पोखरेलहरुले श्रेष्ठ विरुद्ध कारवाहीको गोटी चालेका थिए । त्यसमा पूर्वमाओवादीका कुनै पनि मन्त्रीलाई जानकारी समेत दिइएको थिएन । गत कात्तिकमा अर्थमन्त्री नभएको मौकामा उपप्रधानमन्त्री समेत रहेका पोखरेलले मन्त्रिपरिषद्को बैठक सकिने बेलामा श्रेष्ठ विरुद्ध कारवाही गर्ने प्रस्ताव ल्याउन प्रधानमन्त्रीलाई चिट लेखेर दिएका थिए ।
पोखरेलको सोही चिटका कारण प्रधानमन्त्रीले ‘श्रेष्ठलाई कारवाही गर्ने निर्णय भयो’ भन्दै कुनै छलफल नै नगरी निर्णय भएको सुनाएका थिए । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको निर्णय भयो भनिएका कुरा नै निर्णय हुने भएकाले कोही कसैले पनि मन्त्रिपरिषद्मा टिकाटिप्पणी गर्न पाएनन् । तर पछिल्लो पटक सोही मन्त्रिपरिषद्ले नै श्रेष्ठलाई कारवाही गर्नुपर्ने कुनै आधार देखएिन भन्दै फिर्ता गरेपछि गर्भनर बनाउने ठेक्का लिएकाहरुसमेत तिन छक्क परेका छन् ।
गर्भनरको दौडमा रहेका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी अगाडि आउन खोजेका थिए । तर यी सबै योजनालाई मन्त्रिपरिषद्को निर्णयले विफल बनेको छ । जुन षड्यन्त्रको खेल जहाँबाट शुरु भएको थियो, त्यही आएर टुंगिएको छ । शिवाकोटीले पछिल्ला केही दिनमा काँग्रेसी पत्रकार बोलाएर भोज खुवाउने, गर्भनर भयो भनेर लेखाउन समेत लगाएका थिए । टंगाल, भाटभटेनी लगायतका विभिन्न स्थानका होटल तथा रेष्टुरेन्टमा पत्रकारलाई बोलाएर आफ्नो पक्षमा माहोल बनाइदिन उनले आग्रह गरेका थिए ।
उनी कतिसम्म हुस्सु रहेछन् भन्ने कुरा वामपन्थी भनेर बोलाइएका सबै पत्रकार काँग्रेसी परेका थिए । विचार मिल्नेलाई बोलाएको भनियो, तर सबै काँग्रेसी परेछन् भन्दै उनी आफै आफ्नो कामप्रति समेत गुनासो गरेको भोजमा सहभागी एक पत्रकारले जानकारी दिए ।
भोजमा सहभागी ती पत्रकारका अनुसार शिवाकोटीले वामपन्थी भनेर बोलाएका र माहोल बनाउन भनेका सबै पत्रकार काँग्रेस निकटका थिए । उनीहरुले शिवकोटीले भनेका र गर्भनरको रेशमा लागेको सबै कुरा गर्भनर नेपाललाई सुनाइदिएका थिए । ‘यत्तिसम्म हुस्सु मान्छे त मैले पनि देखेको थिइन, वामपन्थीको नाममा काँग्रेसी पत्रकारलाई भोज खुवाएछन्, राम्रै भयो नि’ भन्दै गर्भनर नेपालले समेत शिवाकोटीलाई राष्ट्र बैंकमा नै उडाउने गरेका छन् ।
डेपुटी गभर्नर श्रेष्ठमाथि लगाइएका सबै अभियोगहरू गलत सावित गर्दै सरकारले नै पुनर्वहाली गरेपछि आगामी गभर्नरका लागि राष्ट्र बैंकबाट एक डेपुटी गभर्नरको सिफारिसमा सिवाकोटी पर्ने सम्भावना क्षीण बन्न पुगेको छ । उता श्रेष्ठ सिनियर डेपुटी गभर्नर भएका कारण सरकारले उनको सिफारिस गर्नुपर्ने वाध्यतामा रहेको छ ।
त्यसो त पुर्नबहाली गर्न पुगेका श्रेष्ठले मलाई जसले फसाउन खोज्यो, उसैले ल्यायो , मैले त युद्ध जिते नि भन्दै बालुवाटार र सिंहदरबारको उछित्तो मात्रै काढेनन्, प्रधानमन्त्री तथा अर्थमन्त्रीले समेत आफूलाई कारवाही गर्न नसक्ने भन्दै गफ दिएर बसेका छन् ।
उनको कार्यकक्षमा पुग्ने जो कोहीलाई श्रेष्ठले अब आफू गर्भनर बनेर मात्रै राष्ट्र बैंकबाट निस्कनेसम्मको गफ दिन थालेका छन् । उता गर्भनरको दौडमा रहेका लगानी बोर्डका महाप्रसाद अधिकारीले पछिल्ला दिनमा प्रधानमन्त्री ओली, रक्षामन्त्री पोखरेल तथा अर्थमन्त्री खतिवडाको चाकडीमा व्यस्त छन् । गर्भरन हुने पालो मेरा आयो भन्दै जसरी भएपनि सबैलाई मनाएरै उनले बताउन् थालेका छन् । उता गर्भनरको दौडमा श्रेष्ठसंगै रहेका अर्का व्यक्ति हुन् मिनबहादुर श्रेष्ठ ।
उनले पनि संसदको सभामुख पूर्वमाओवादीले लिए जस्तै अन्तिम समयमा आफू नै पुनः गर्भनर बन्ने भन्दै निकटस्थहरुसँग बताउने गरेका छन् । उता कारवाहीबाट बचेका श्रेष्ठ बरिष्ठ डेपुटी गभर्नर भएका कारण गर्भनरको दौड पनि अहिले सबैको चासोको विषय बनेको छ । नयाँ गभर्नरका लागि फरक दृश्य सतहमा देखिने भएपछि सिवाकोटी स्वयम् र उनलाई डेपुटी गभर्नर हुँदै गभर्नरसम्म बनाउने राजनीतिक लविङमा लागेका उच्च तहका व्यक्तिहरुले खेलको मेलो नबुझेर हैरान भएका छन् ।
र्थिक अनियमिततामा श्रेष्ठलाई कारबाही गराउन सकेको भए सिवाकोटीलाई गभर्नर बनाउन सकिने अवस्था थियो । तर त्यो सम्भव हुन सकेन । श्रेष्ठलाई कारवाही गरिदा घर जान लागेका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई डेपुटी गभर्नर बनाउन सकिने उनीहरुको सोच थियो । त्यो खेल समेत सफल भएन । उनी उमेर हदका कारण घर गइसकेका छन् । जसका कारण गर्भनर बनाउने दौडमा लागेकाहरुको सातो गएको सहजै अनुमान गर्न सकिन्छ ।
मन्त्रिपरिषद्ले डेपुटी गर्भनर श्रेष्ठलाई अभियोग लगाउँदै छानबिन समिति गठन गर्न राष्ट्र बैंकलाई भनेको थियो । सोही आधारमा गठन भएको समितिले कारबाहीका लागि सिफारिस गर्यो तर प्रमाणको आधारमा उक्त सिफारिस कमजोर बन्यो ।
कारबाही गर्ने आधार र त्यसका प्रमाणहरू पर्याप्त नहुंदा उनलाई दोषी देखाउन मिल्ने अवस्था भएन् । जुन श्रेष्ठको हकमा पनि लागू भयो । जसका कारण शिवाकोटीलाई गर्भनर बनाउने खेल अब करिब सकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ माघ २०७६, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ
गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिटमा आज पेसी
गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट
विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति
गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त