जनयुद्ध दिवसका अवसरमा शुभकामना

मंगलबार, ०१ फागुन २०७४, १३ : ०७
जनयुद्ध दिवसका अवसरमा शुभकामना

पोखरा । तेइसौँ जनयुद्ध दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र) कास्कीले आज यहाँ शुभकामना आदानप्रदान एवं चियापान आयोजना गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ शिवालय चोकस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वाम गठबन्धनका नेतासहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको उक्त दलका पोखरा लेखनाथ महानगर समिति अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष आजका दिन मनाइने जनयुद्ध दिवसका अवसरमा पार्टीले शुभकामना आदानप्रदान एवं चियापान गर्दै आएको उहाँले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस