पाल्पा । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गाैला रोगबाट पीडित उहाँको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिनुभयो । उहाँले मिर्गाैलाको डायलायसिस गराउँदै आउनुभएको थियो ।
पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मनुभएका उहाँ विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०५१ देखि २०५६ सम्म उहाँले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गर्नुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ माघ २०७६, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन