संसदले आज सभामुख पाउँदैं, अग्नि सापकोटा आजबाट सभामुख

आजको संसद बैठक दुई सत्रमा चल्ने, दोश्रोमा सापकोटाले नै सदन चलाउने तयारी

सफल खबर संवाददाता

आइतबार, १२ माघ २०७६, ०९ : ३२
संसदले आज सभामुख पाउँदैं, अग्नि सापकोटा आजबाट सभामुख

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त संसदको प्रतिनिधीसभाले आज सभामुख पाउँदैछ । दिउँसो ३ बजे बोलाईएको संसदको बैठकबाट सभामुखमा उम्मेदवारी दिएका एक्ला उम्मेदवार नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा सभामुखमा निर्बिरोध निर्वाचित हुदैछन् । 

महराले गत १४ असोजमा संसदकै महिला कर्मचारीमाथी बलात्कार गरेको आरोप लागेपछि आफनो पदबाट राजीनामा दिएका थिए । त्यसयता संसद सभामुख विहिन थियो । प्रतिनिधीसभाले ६ माघमा बसेको बैठकबाट सभामुख निर्वाचन प्रक्रिया अगाडी बढाएपछि सापकोटाको मात्र उम्मेदवारी परेको थियो । उनी संसदमा काँग्रेस सहमतिको साझा उम्मेदवार बन्ने प्रयासमा छन् ।

नेकपा र राजपाले सापकोटालाई अगाडी सारको थिए । आजको संसद बैठकमा जेष्ठ सदस्यका रुपमा राजपा नेता महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्नेछन् । उनले सभामुख उम्मेदवार सापकोटाका प्रस्तावक र समर्थकलाई बोल्न दिनेछन् ।

संसद आज पनि दुई चरणमा बस्नेछ । पहिलो बैठकमा त्यसपछि उनको उम्मेदवारीलाई निर्णयका लागि प्रस्ततु गर्नेछन् । संसदमा नेकपा एक्लैको १ सय ७३ मत छ । सभामुख निर्वाचित हुनका लागि जम्मा १ सय ३८ मत भए पुग्छ । त्यसमाथी १७ सिट रहेको राजपाले पनि सापकोटालाई समर्थन गरेका कारण संसदमा उनी दुई तिहाई बढी मतका साथ विजयी बन्ने छन् ।

सापकोटा विजयी बनेपछि आजै बस्ने दोश्रो बैठकमा निर्वाचित सभामुख सापकोटाले सदन चलाउनेछन् । सापकोटालाई सभामुख नबनाउनका लागि केही आइएनजिओवादीहरुले उनी विरुद्ध द्धन्द्धकालको मुद्धाका नाममा राजनीति समेत गर्न खोजेको छ । तर ति एनजिओ, आइएनजिओवादीहरुको चलखेल पूरा नहुने निश्चित छ ।
 

प्रतिक्रिया दिनुहोस