प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार एकजुट हुनुपर्छ : महामन्त्री कोइराला

रासस

शनिबार, ११ माघ २०७६, २० : ५१
प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार एकजुट हुनुपर्छ : महामन्त्री कोइराला

फाईल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले प्रेस स्वतन्त्रताकोे रक्षाका लागि पत्रकार एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज आयोजना गरेको ‘वृहत् वनभोज’ कार्यक्रममा उहाँले सरकारले प्रेसमाथि अङ्कुश लगाउने प्रयास गरेको आरोप लगाउनुभयो ।

“आफ्नो अधिकारका लागि देशभरका पत्रकार एक हुनुहोस्,” उहाँले भन्नुभयो । नागरिक अधिकारलाई अङ्कुश लगाउने गरी सरकारले विधेयक ल्याउन खोजेको उहाँको भनाइ छ । काँग्रेस नेता प्रकाशमान सिंहले सरकारले प्रजातान्त्रिक अधिकारलाई साँघुरो बनाउँदै लोकतन्त्रमाथि प्रहार गर्न खोजेको आरोप लगाउनुभयो । “अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि पत्रकार जगत् लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, दीपक गिरी, कल्याणकुमार गुरुङ, भीष्मराज आङदेम्बेलगायतले मुलुकको लोकतन्त्र रक्षाका लागि नेपाल प्रेस युनियनले खेलेको भूमिकाको सराहना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस