काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) प्रस्ताव परिमार्जन गर्न सकिने बताउनुभएको छ । नवलपुरको दलदलेमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एमसिसी प्रस्ताव परिमार्जन गरी राष्ट्रिय हितका लागि सर्वोपरि राखेर मात्रै अगाडि बढाइने बताउनुभएको हो ।
अन्य मुलुकमा एमसिसी प्रस्तावमा सैन्य रणनीति अघि सारेकाले विवाद भएको भन्दै उहाँले नेपालमा त्यस्तो विवादित अवस्था नआउने बताउनुभयो । अमेरिकी दूतावासबाट १० बुँदे स्पष्टीकरण आएको बताउँदै अध्यक्ष दाहालले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर मात्रै अघि बढ्ने स्पष्ट गर्नुभयो ।
भारत सरकारले नेपालको लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा गाभेर प्रकाशित गरेको नक्साले नयाँ विवाद सिर्जना गरेको बताउँदै नवलपरासीको सुस्ता र कालापानी क्षेत्रको विवादलाई दुवै देशले समाधान निकाल्ने बताउनुभयो । देशको भूमि फिर्ता ल्याउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्तित्वबीच एउटै मत रहेकामा खुशी व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सदैव संरक्षण गर्ने पार्टीको प्रमुख दायित्व रहेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० माघ २०७६, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद