काठमाडौं । निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उमेदवार छनोट गरी नाम सिफारिस गर्न पुनः दुई दिनको समय दिएको छ ।
आयोग प्रवक्ता नवराज ढकालले कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपाललाई नाम सच्चाउन दुई दिनको समयसहित पत्राचार गरेको बताए ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो ।
आयोगले उनीहरुलाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार, समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट नभएकाले फागुन २ गते पाँचबजेभित्र नामावली सच्याएर आयोगमा पेश गर्न भनेको छ ।
प्रतिक्रिया दिनुहोस