देशका सातवटै प्रदेशमा राष्ट्रिय सभाको मतदान जारी (फोटो फिचर)

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, १४ : २९
देशका सातवटै प्रदेशमा राष्ट्रिय सभाको मतदान जारी (फोटो फिचर)

काठमाडौं । यही फागुन २१ बाट रिक्त हुन लागेका राष्ट्रियसभाका १८ सिटका लागि देशका सातवटै प्रदेशमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

मतदानस्थल तोकिएका सातै प्रदेशमा शान्तिपूर्ण मतदान भइरहेको छ । ५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ जना उम्मेदवार छन् ।

निर्वाचन आयोगले प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा,

प्रदेश २ को जनकपुर उपमहानगरपालिकास्थित महेन्द्र नारायण स्मृति भवनमा, 

वागमती प्रदेशको ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवनमा, 

गण्डकी प्रदेशको पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालयमा, प्रदेश ५ को घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवनमा,  कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको दिपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस