बागमती । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ ।
बामगती प्रदेश निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि विभिन्न दलबाट उम्मेदवारी दर्ता गराएका छ जना उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको हो ।
बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन महिला र तीन पुरुष गरी छ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, ११ : ०३
लेखकबाट थप