जनकपुर । राष्ट्रियसभा सदस्य–२०७६ को प्रदेश नं २ मा बिहीबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । महेन्द्रनारायण संस्कृति केन्द्र जनकपुरको परिसरस्थित मतदान केन्द्रमा मतपत्र, मतपेटिकासहित कर्मचारी खटिसकिएको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी गराउनुभयो ।
निर्वाचनका लागि निर्धारण गरिएको दुई वटा मतदान केन्द्रका लागि २० कर्मचारीलाई खटाउनका साथै सुरक्षाका सम्पूर्ण प्रबन्ध मिलाइसकिएको उहाँले बताउनुभयो । माघ ९ गते बिहान १० बजेदेखि मतदान शुरु भई अपराह्न ४ बजे सम्पन्न हुनेछ । मतदान सकिएलगतै मतगणना शुरु गर्ने निर्वाचन अधिकृत खतिवडाले बताउनुभयो ।
यस प्रदेशमा प्रदेशसभा सदस्य १०७ जना हुनुहुन्छ भने स्थानीय तहका नगर प्रमुख उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २७२ गरी कूल मतदाता ३७९ जना हुनुहुन्छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभा बैठक बस्दै, पर्यटन विधेयक प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित