काठमाडौं । हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा)लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । सिट बेल्ट नलगाइ कार चलाएका कारण उनी कारबाहीमा परेका हुन् ।
बुधबार बिहान ग्वोर्कोस्थित घरबाट कामको सिलसिलामा बाहिर निस्किने बितिक्कै कारबाहीमा परेका उनी त्यसपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए ।
महाशाखामा पुगेपछि घिमिरेले ट्राफिक प्रहरीको ब्यवहारको प्रशंसा गरेका छन् । घिमिरेले चिट काट्ने ट्राफिक प्रहरी जवानको मिठो बोली र ब्यवहारको प्रशंसा गरेका हुन् ।
चिट काट्ने ट्रफिक प्रहरीले आफूसँग मिठो बोली, वचन गरेको भन्दै घिमिरेले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद समेत दिए । ‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु’ घिमिरेले भने ‘ट्राफिक भाइले कारबाही गर्छु है भनेर मिठोसँग भन्नुभयो ।’ प्रहरीको मिठो बोलीका कारण आफुले सजिलै लाइसेन्स दिएको घिमिरेले सुनाए ।
महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे । त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीसँग उनको भेट भयो । भेटमा उनल प्रहरी जवानलाई राम्रो व्यवहारका लागि आभार समेत प्रकट गरे । घिमिरेले प्रहरी जवान चौधरीको व्यवहारको सबै प्रहरीले सिको गर्नुपर्ने धारणा समेत सो अवसरमा राखे ।
यातायात व्यवस्था ऐनको प्रावधानअनुसार घिमिरेलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ माघ २०७६, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन
ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकैदिन पाँच लाख बढी राजस्व सङ्कलन