भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
प्रहरीले मध्यपुरथिमिस्थित चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान गर्दा चन्द समूहको सिन्धुपाल्चोक सेक्रेटरी रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान थालिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०८ माघ २०७६, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव