बझाङ । पुस महिनाको अन्तिम सातादेखि पर्न सुरु भएको हिमपातका कारण बझाङमा ठुलो क्षति भएको छ । लगातार ४ पटक परेको हिमपातका कारण सुर्मा गाउँपालिका २ जनाको मृत्यु भएका छ भने एघार सय भन्दाबढी पशु चौपाया मरेका छन् ।
हिमपातका कारण सबै भन्दा बढी साईपाल गाउँपालिकामा क्षति भएको छ । साईपाल गाउँपालिका भरी एक जार ७ सय भन्दा बढी भेडा च्यांग्रा नै मरेका साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए । झण्डै यहाँ तिन सय परिवारले भेडा च्याङ्ग्रा पालेका छन् ।
बाक्लो हिमपात भएपछि एक करोड ३ लाख बरबरका भेडा, च्याङग्राहरु मरेका छन् भने गाउँपालिकाले वितरण गरेका ६ लाख ५० हजार बराबरका विभिन्न जातका फलफुलका बोटहरुमा नोक्सान पुगेको छ । गाउँपालिका भरी एक करोड ९ लाख ५० हजार मुल्य बराबरको नोक्सान भएको धामीले बताए ।
यस्तै जिल्लाको तल्कोट गाउँपालिकामा २२ लाख ५० हजार मुल्य बराबरको नोक्सान भएको गाउँपालिकाका अध्यक्ष लाल बहादुर विष्टले जानकारी दिए । हिमपातका कारण दाँतोली गाड लघुजल विद्युत आयोजना र मल्लो सुगाड लघु जलविद्युत योजनाका पोलहरु ढलेर १५ लाख बराबरको नोक्सान भएको छ । अहिले विद्युत सेवा पुर्ण रुपमा अबरुद्ध भएको उनले बताए । गाउँपालिकाले वितरण गरेका ३० भन्दा बढी टर्नेल हाउसहरु पुर्ण रुपमा क्षति पुगेको जसबाट ७ लाख ५० हजार बराबरको क्षति भएको विष्टले जानकारी दिए ।
यता खप्तड छान्ना गाउँपलिका भरी एक करोड २ लाख ३५ हजार मुल्य बराबरको नोक्सान गरेको छ । एकै पटक बाक्लो हिउँ परेका कारण गाउँपालिकाबाट वितरण गरिका २ सय ८ भन्दा बढी टर्नेल हाउस भत्केका छन् भने विभिन्न ठाँउमा विद्युतका पोलहरु भाँचिएको र गाउँपालिकाले वितरण गरेका दाँते ओखर, कागती, केराका बोटलगायतका फलफुहरु पुर्ण रुपमा नष्ट गरी दिएको गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताए ।
अधिकांश फलफुलका बोटहरु काम नलाग्ने गरेर भाँचिएका उनले बताए । आफु समेत किसान भएको बताउँदै उनले आफ्नो मात्रै २५।३० लाख बराबरको नोक्सान हिमपातले गरेको बताए । गाउँपालिका भरी कति क्षति भयो भन्ने कुराको डाटा आई सकेको उनले जानकारी दिए । जिल्ला भरिमा सबै भन्दा कम क्षति जयपृथ्वी नगरपालिकामा भएको छ । विभिन्न प्रजातीका कागती अमिलो लागतका फलफुहरु र टर्नेलहरु गरेर जम्मा ५ लाख मुल्य बराबरको मात्रै क्षति भएको तर तथ्याङ्क लिने काम नसकिएको जयपृथ्वी नगरपालिकाका कृर्षि संयोजक राम बहादुर खड्काले बताए ।
नगरपालिकाको तल्लो क्षेत्रमा कम हिउँ पर्ने भएका कारण माथिल्लो क्षेत्रमा मात्रै हिउँले क्षति पुगाएको उनले बताए । मष्टा गाउँपालिमा ४१ लाखको क्षति भएको छ । ३० लाख मुल्य बराबरका टर्नेलहरुमा क्षति पुगेको छ भने ६ लाख मुल्य बराबरका फलफुहरु र ५ लाख मुल्य बराबरको विद्युतका पोल तथा तारहरु नोक्सान पुगकेको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले बताए ।
यता सुर्मा गाउँपालिकामा भने २ जना युवाको हिउँमा पुरिएर मृत्यु भएको सुर्मा गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष पुस्कल बहादुर बोहराले जानकारी दिए । अन्य क्षतिमा गाउँपालिकाबाट अनुदानमा वितरण गरीएका १८ लाख ७५ हजार मुल्य बराबरका टर्नेलहरु, २ लाख २५ हजार मुल्य बराबरका पशु चौपाय तथा भेडा, बाख्रा मरेको उनले बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०८ माघ २०७६, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
मुस्ताङमा आज पनि भारी हिमपात
गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
हिमपातले न्यालु सडक बन्द
हुम्लाको उच्च भेगमा हिमपात, वर्षाले उडान अवरुद्ध
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात