एजेन्सी । ओपनर रोहित शर्मा र कप्तान विराट कोहलीको उत्कृष्ट प्रदर्शन गरेपछि अष्ट्रेलियाविरुद्धको तीन एकदिवसीय सिरिज घरेलुु टोली भारतले जितेको छ ।
बैंगलोरमा आइतबार भएको खेलमा भारतले अष्ट्रेलियालाई सात विकेटले हरायो । यससँगै भारतले सिरिज २–१ ले जित्यो । पहिलो खेलमा भारत १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको थियो ।
दुई सय ८७ रनको विजयी लक्ष्य पछयाएको भारतले ४७.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भारतको जितमा ओपनर रोहित शर्माले एक सय १९ रन बनाए । रोहितको यो एकदिवसीयमा २९औं शतक हो । कप्तान विराट कोहलीले ८९ रन बनाए । श्रेयर ऐरले अविजित ४४ र ओपनर लोकेश राहुलले १९ रन बनाए । अष्ट्रेलियाका एडम जम्पा, जोश हेजलवुड र एस्टन अगरले एक एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८६ रन बनाएको थियोे । अष्ट्रेलियाका लागि पूर्व कप्तान स्टिभ स्मिथले एक सय ३१ रन बनाए । स्मिथको यो एकदिवसीयमा नवौं सतक हो । मार्नस लाबुसेनले ५४, एलेक्स करिले ३५, कप्तान आरोन फिन्चले १९ र एस्टन अगर ११ रन बनाए । भारतका तीब्र बलर मोहमद शामीले चार विकेट लिए । रविन्द्र जडेजाले दुई तथा कुलदिप यादव र नवदिप सैनीले एक एक विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०६ माघ २०७६, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास