अमेरिका र इरानबीच फेरि द्वन्द्व चर्कदैं

ट्रम्पले दिए चेतावनी

एजेन्सी

शनिबार, ०४ माघ २०७६, १२ : ०८
अमेरिका र इरानबीच फेरि द्वन्द्व चर्कदैं

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईलाई ‘आफ्ना शब्दप्रति सचेत रहन’ चेतावनी दिएका छन् । तेहरानमा शुक्रवार खामेनेईले संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो । हजारौँ मानिसको भेलालाई सम्बोधन गर्दै खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘जोकर’ को सङ्ज्ञा दिदैं इराकस्थित अमेरिकी सैन्य आधारशिविरमाथि इरानले हालै क्षेप्यास्त्र प्रहार गरेकोमा प्रशंसा गरे।

यता शुक्रवार ट्रम्पले ट्वीट गर्दै खामेनेईलाई ‘सर्वोच्च नेता भनिए पनि खामेनेई सर्वोच्च नरहेको’ र इरानको अर्थतन्त्र धरमराइरहेकोले त्यहाँका जनताले दुःख झेल्नु परेको उल्लेख गरेका थिए । दुई हप्ताअघि अमेरिकाले आक्रमण गरी इरानका वरिष्ठ सैनिक जेनरल कासिम सुलेमानीलाई मारिदिएपछि अमेरिका र तेहरान बीचको तिक्तता बढेको छ । सोही भेलामा इरानका सर्वोच्च नेता खामेनेईले विमान खसालिएकोबारे सेनाको बचाउ गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको “दुष्ट“ प्रशासनको आलोचना गर्दै उनले इरानी जनताप्रति समर्थन व्यक्त गर्दा वाशिङटनले झूटो बोलेको आरोप लगाए र भने अमेरिकाले तिनीहरूलाई विषालु छुरी धस्नेछ । इराकमा गरिएका इरानी क्षेप्यास्त्र हमला अमेरिकाको अनुहारमा थप्पड रहेको औंल्याए । इरानको विशेष सैन्य कुड्स फोर्स, जसलाई अमेरिकाले आतङ्कवादी सङ्गठन भनेको छः ‘मानवीय मूल्य (मान्यता भएको मानवतावादी सङ्गठन) रहेको उनले बताए ।

सुलेमानीको अन्तिम संस्कार र इरानी सेनाको प्रतिक्रियालाई ‘इतिहासको एउटा मोड’ भएको उनले प्रष्टयाए । असी वर्षीय खामेनेईले राजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट शुक्रवार देशलाई सम्बोधन गरेका थिए । उनले पछिल्लो पटक सन् २०१२ मा देशमा इस्लामिक क्रान्ति भएको ३३ औँ वर्षगाँठ मनाउने सन्दर्भमा यसैगरी सम्बोधन गरेका थिए। राजधानीमा शुक्रवारका प्रार्थनाहरूको नेतृत्व गर्नुको साङ्केतिक रूपमा ठूलो महत्त्व छ ।