अब भेटिने छैनन् संसारका होचा खगेन्द्र बाबुका झोलामा

पत्रपत्रिकाबाट

शनिबार, ०४ माघ २०७६, ०७ : २९
अब भेटिने छैनन् संसारका होचा खगेन्द्र बाबुका झोलामा

काठमाडौं । डेढ दशकअघि बागलुङ बजारमा एक अधबैंसे झोलामा मान्छो बोकेर हिँडिरहन्थे । दुधे बालकजस्तै देखिने ती उमेरले खासमा किशोर थिए । घरी बुबाको कोटको खल्तीमा पस्थे । घरी टाउकोमा चढ्थे ।

दक्षिण बागलुङको धुल्लुबाँस्कोटबाट रुपबहादुरले सदरमुकाम ल्याएपछि छोरा खगेन्द्र थापामगरले विश्वकै ध्यान खिचे । गिनिज वल्र्ड रेकडर््मा विश्वकै होचो पुरुषको रेकर्ड आफ्ना नाममा दर्ता गराए । उनी खगेन्द्र रुपबहादुरको झोलामा भेटिने छैनन् । २८ वर्षको उमेरमा उनले शुक्रबार पोखरामा देह त्याग गरे । मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आइसीयुमा राखेर उपचार गरिएको थियो । निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । उनलाई दिउँसो ३ बजे मृत घोषणा गरिएको खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस