‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता

पत्रपत्रिकाबाट

शनिबार, ०४ माघ २०७६, ०७ : २१
‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता

काठमाडौं । तत्कालिन द्वन्द्वकालमा माओवादी ‘जनसत्ता’ले पास गरेका जग्गाका लिखतहरुले मान्यता पाउन थालेका छन् । माओवादीले तत्कालिन अवस्थामा खडा गरेका जनसत्ताले पास गरेका लिखतलाई मान्यता दिलाउन स्थानीय सरकार नै सक्रिय भएका छन् ।

रुकुममा जनसत्ताका लिखतको आधिकारिकताका विषयमा लामो समयसम्म विवाद चलेपछि स्थानीय सरकारले नै ती लिखतलाई मान्यता दिलाउन लागिपरेका थिए । रुकुम, मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमका अनुसार जनसत्ताको लिखतकै आधारमा पास गरिएका जग्गाले कानुनी मान्यता पाइसकेका छन् ।

‘अहिलेसम्म रुकुममा कुल जनसत्ता लिखतमध्ये ८० प्रतिशतले मान्यता पाइसकेको अवस्था छ,’ उनले भने,‘यहाँका हरेक स्थानीय तहले यो विषयलाई गम्भीरताका साथ महत्व दिएर काम अगाडि बढाइरहेका छन् ।’ नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस