पोखरा । पर्यटकीय पदमार्ग अन्नपूर्ण आधारशिविर हिँडेका पाँच विदेशी पर्यटक र दुई नेपाली गाइड शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन छन् । हिमपहिरो आएको उक्त रुटबाट चार कोरियाली, एक चिनियाँ र दुई नेपाली सम्पर्कविहीन रहेका हुन् ।
‘अन्नपूर्ण बेसक्याम्प (एबीसी) जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ,’ गण्डकीका प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले भने, ‘नेपाली भरियासहित गएका एक चिनियाँ र छुट्टै टोलीका दुई नेपाली गाइड पनि सम्पर्कविहीन छन् ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो आएपछि उनीहरू सम्पर्कमा नरहेको उनले बताए ।
उक्त वडाको दोभानस्थित डेस्टिनेसन एबीसी होटलका सञ्चालक सुक गुरुङले पनि केही पर्यटक र नेपाली बाटैबाट सम्पर्कविहीन रहेको बताए । अत्यधिक हिमपातले उक्त मार्गमा तत्काल ओहोरदोहोर गर्न सकिने अवस्था छैन ।
स्थानीय र प्रहरीले उक्त स्थानमा फोनले काम नगरेकाले पनि खोजीमा समस्या भएको बताएका छन् ।‘एबीसी जाने बाटोमा रहेका होटलमा उनीहरू सुरक्षितसाथ बसेका पनि हुन सक्छन्,’ डीआईजी घिमिरेले भने, ‘टेलिफोन सम्पर्क छैन । अत्यधिक हिमपातले कोही जान सक्ने अवस्था छैन ।’
नजिकै रहेको घान्द्रुक प्रहरी चौकीबाट घटनास्थल पुग्न एक दिन लाग्छ । शुक्रबार बिहान ११ बजेतिर उक्त स्थानमा हिमपहिरो आएको थियो । डीआईजी घिमिरेले स्थानीय र प्रहरीलाई घटनास्थलतर्फ परिचालन गरिएको बताए । कास्की प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले पनि घटनाबारे अपुष्ट सूचना आएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०४ माघ २०७६, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्य याममा सौराहामा पर्यटक घटे
मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए
सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक