पोखरा । पर्यटकीय पदमार्ग अन्नपूर्ण आधारशिविर हिँडेका पाँच विदेशी पर्यटक र दुई नेपाली गाइड शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन छन् । हिमपहिरो आएको उक्त रुटबाट चार कोरियाली, एक चिनियाँ र दुई नेपाली सम्पर्कविहीन रहेका हुन् ।
‘अन्नपूर्ण बेसक्याम्प (एबीसी) जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ,’ गण्डकीका प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले भने, ‘नेपाली भरियासहित गएका एक चिनियाँ र छुट्टै टोलीका दुई नेपाली गाइड पनि सम्पर्कविहीन छन् ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो आएपछि उनीहरू सम्पर्कमा नरहेको उनले बताए ।
उक्त वडाको दोभानस्थित डेस्टिनेसन एबीसी होटलका सञ्चालक सुक गुरुङले पनि केही पर्यटक र नेपाली बाटैबाट सम्पर्कविहीन रहेको बताए । अत्यधिक हिमपातले उक्त मार्गमा तत्काल ओहोरदोहोर गर्न सकिने अवस्था छैन ।
स्थानीय र प्रहरीले उक्त स्थानमा फोनले काम नगरेकाले पनि खोजीमा समस्या भएको बताएका छन् ।‘एबीसी जाने बाटोमा रहेका होटलमा उनीहरू सुरक्षितसाथ बसेका पनि हुन सक्छन्,’ डीआईजी घिमिरेले भने, ‘टेलिफोन सम्पर्क छैन । अत्यधिक हिमपातले कोही जान सक्ने अवस्था छैन ।’
नजिकै रहेको घान्द्रुक प्रहरी चौकीबाट घटनास्थल पुग्न एक दिन लाग्छ । शुक्रबार बिहान ११ बजेतिर उक्त स्थानमा हिमपहिरो आएको थियो । डीआईजी घिमिरेले स्थानीय र प्रहरीलाई घटनास्थलतर्फ परिचालन गरिएको बताए । कास्की प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले पनि घटनाबारे अपुष्ट सूचना आएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०४ माघ २०७६, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया
पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ
बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
एक महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए