वासिङ्टन । इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ ।
गत हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहेको अमेरिकी सेनाले बिहीबार जनाएको हो ।
अमेरिकी सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा इरानले अल असद सैनिक शिविरमा गरेको सो क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु भने नभएको स्पष्ट पारेको छ ।
अमेरिकी केन्द्रिय कमाण्डका प्रवक्ता कप्तान बिल अर्बनले जारी गरेको विज्ञप्तिमा घाइतेहरुको अवस्थामा सुधार आइरहेको उल्लेख गरिएको छ ।
इराकमा जनवरी ३ मा अमेरिकी ड्रोन हमलाले इरानी वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदला स्वरुप इराकको पश्चिमी प्रान्त अन्बर, इर्बिल र अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका क्षेप्यास्त्र आमक्रण गरेको थियो ।
अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी यही जनवरी ८ मा इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको थियो । अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानी पक्षले दाबी गरेको थियो ।
इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै जनवरी ३ मा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाब बढेको छ ।
इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरुले बताउने गरेका छन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०३ माघ २०७६, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण