नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी सञ्चालन

सफल खबर संवाददाता

शुक्रबार, ०३ माघ २०७६, १२ : ०७
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिए पनि वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएको छ ।

गएरातीदेखि अविरल बर्षा भएकाले सो स्थानमा पहिरो खसेको हो । पहिरो रोकथामका लागि भन्दै यस अघि दिउँसोको समयमा बाटोनै बन्द गरेर काम गरेपनी त्यो प्रभाकारी देखिएन ।
 

प्रतिक्रिया दिनुहोस